गणतन्त्र दिवसको पूर्वसन्ध्यामा नाका चेकिङ तीव्र

जलपाइगढी: पुलिस प्रशासन गणतन्त्र दिवसमा कुनै पनि अप्रिय घटना वा चरमपन्थी गतिविधिहरू रोक्न तयार छ। गणतन्त्र दिवसको पूर्वसन्ध्यामा यस्ता घटना हुन नदिन राजगञ्ज पुलिसले मंगलबार राति सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको हातीमोड क्षेत्रमा खोजी अभियान चलायो। जहाँ साना ठूला सवारी साधनलाई रोकेर खोजी गरिएको थियो। रात्रि जाँचको क्रममा जलपाइगढी अतिरिक्त पुलिस अधीक्षक, राजगञ्ज पुलिस स्टेशन आईसी सहित ट्राफिक ओसीहरू उपस्थित थिए। साना गाडी, बस र मोटरसाइकल पनि रोकेर चेकजाँच गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement