चन्दन गुरुङ स्मृति भेटरन्स फूटबल टुर्नामेण्ट: ओकाइटी भेटरन्स र एक्स आर्मी भेटरन्स फाइनलमा

photocollage_2023125112237197.jpg

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित चन्दन गुरुङ स्मृति नक्आउट भेटरन्स फूटबल टुर्नामेण्टमा ओकाइटी भेटरन्स र एक्स आर्मी भेटरन्सले फाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा मंगलवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा ओकाइटी भेटरन्सले यूएफसी बुङकुलुंग भेटरन्सलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो सेमिफाइनलमा एक्स आर्मी भेटरन्सले मरमाह भेटरन्सलाई ६-०-ले पराजित गऱ्यो। अब २९ जनवरीमा खेलिने फाइनलमा ओकाइटी भेटरन्स र एक्स आर्मी भेटरन्सबीच भिड़न्त हुनेछ। ओपन वर्गको फाइनल पनि त्यही दिन खेलिनेछ।
(दिवांगत चन्दन गुरुङ प्रति समर्पित।)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *