जोरबङ्गलो-सुकेपोखरीबाट २ जनाले बुझाए नामांकन

Sukepokhari-Candidate

  

सुकेपोखरी: यसपाली जीटीए चुनाव रोचक हुने देखिएको छl यसको तयारीमा विशेष रूपमा भागोप्रमो, टीएमसी र हाम्रो पार्टी लागिपरेको छl यी तीन राजनैतिक पार्टीहरुसँगै निर्दलीय उम्मेद्वारहरू पनि चुनावी मैदानमा ओर्लिएका छन्| जोरबङ्गलो-सुकेपोखरी खण्ड क्षेत्रमा आजको मितिसम्म ६, ७ जना निर्दलीय उम्मेद्वारहरुले नामांकन पत्र बुझाइसकेका छन्l पोख्रेबुङ-चामोङ समष्टिबाट चारजना निर्दलीय उम्मेदवार रहेका छन्l भागोप्रमोको उम्मेदवार नोबल बम्जन र हाम्रो पार्टीबाट एचबी मुखियाले चुनावमा प्रतिद्वन्दी गर्नेछन्| नामांकन भर्ने अन्तिम दिन आज प्रभा बस्नेतले स्वतन्त्र उम्मेद्वारको रुपमा यस समष्टिबाट नामांकन भरेको जनाइएको छ|  यता नागरी-धजे समष्टिबाट निर्दल पार्थीको रुपमा एसके राई खड़ा भएका छन्l खण्ड टीएमसी अध्यक्ष राईले बिहीबार आफ्नो समर्थकहरुको बाक्लो भीडका साथ नामांकन भरे|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement