३ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार सुपर डीविजन लीगको दोस्रो सेमिफाइनल म्याच खेलियो। मेला ग्राउण्डमा दर्शकहरूका व्यापक उपस्थितिबीच खेलिएको सेमिफाइनलमा शक्तिशाली कालेबुङ पुलिसले बेको एफसीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रवेश छेत्री र आमिर तामाङले गोल गरे। विजेता टीमका प्रशान्तलाई प्लेयर अव् द म्याचको रूपमा ट्रफी र एक हजार रुपियाँको पुरस्कार प्रदान गरियो। कालेबुङ पुलिसले अब फाइनलमा गत विजेता युनाइटेड ब्रदर्सको चुनौती स्वीकार्नेछ। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ६ जूनमा हुनेछ।