३ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको दोस्रो सेमिफाइनल म्याच खेलियो। स्थानीय मेला ग्राउण्डमा भएको म्याचमा यूजीएफसी गितडाब्लिंगले स्टेट ट्राइबल स्कूल (एसटीएस)-लाई टाई ब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। एसटीएस-का फुर्बा दोर्जीलाई प्लेयर अव् द म्याचको रूपमा एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आजको विजेता यूजीएफसी गितडाब्लिंगले अब फाइनलमा कुमुद एफसीको चुनौती स्वीकार्नेछ। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल अब ६ जूनमा हुनेछ।