कोलकाता: माध्यमिक शिक्षा परिषदले आउँदो वर्ष हुने माध्यमिक परीक्षाको निम्ति समय सूचीको घोषणा गरेको छ। पश्चिम बङ्गाल माध्यमिक परीक्षा परिषदका अध्यक्ष कल्याणमय गांगुलीले शुक्रबार बिहान एक संवाददाता सम्मेलनमा २०२३ माध्यमिक परीक्षा सेड्यूलको घोषणा गरेका छन्। समाचारअनुसार आउँदो वर्ष माध्यमिक परीक्षा २३ फरवरीदेखि शुरू हुनेछ। यसको समापन ४ मर्चमा हुनेछ। पहिलो दिन पहिलो भाषाको परीक्षा हुनेछ। २४ फऱवरीमा दोस्रो भाषा। माध्यमिक शिक्षा परिषदका अध्यक्षअनुसार २५ फऱवरीमा भूगोल, २७ फरवरीमा इतिहास, २८ फऱवरीमा जीवन विज्ञान, २ मार्चमा गणित, ३ मार्चमा भौतिक विज्ञान र ४ मार्चमा वैकल्पिक विषयहरूको परीक्षा हुनेछ।