कलेज फेस्ट लिएर कोलकाता पुलिसद्वारा विशेष निर्देशिका जारी

fav.jpg

कोलकाता: बलिवुडकागायक कृष्ण कुमार कुन्नथ (केके) को मृत्युपछि अब कोलकाता पुलिसले कलेज फेस्टलाई लिएर विशेष निर्देशिका जारी गरेको छ। यसमा भनिएको छ, कलेजमा कुनै प्रकारको पनि कार्यक्रम आयोजित गर्नका लागि आयोजनसित सम्बन्धित सबै जानकारीहरू दिनुपर्नेछ। खासगरी त्यसमा कति जना एकत्र हुनेछन्, यसबारे कोलकाता पुलिस कहाँ विस्तृत लिखित जानकारी उपलब्ध गराउनलाई भनिएको छ। निर्देशिकामा यो पनि भनिएको छ, कार्यक्रमहरूमा पर्याप्त सुरक्षाको व्यवस्था पनि राख्नपर्नेछ। दर्शकहरूलाई नियन्त्रित गर्न अनि कार्यक्रम स्थलमा रहेका सुविधाहरू दुरूस्त राख्ने निर्देश पनि दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement