खरसाङ: पावर अनि हर्टिकल्चर विभागका मनोनित एमओडी सभासद प्रणाम रसाइलीसँग खरसाङ हर्टिकल्चर हिमालयन सोसाइटीका सदस्यहरूले जीटीए कार्यालय खरसाङको गिद्धेमा भेटघाट गरे। यस अवधि सोसाइटीका सदस्यहरूले आफ्नो विचार राखेपछि तिनीहरूको कुरालाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा जीटीए कार्यपाल अनित थापा सँग भेटेर यसबारे कुराकानी गरेर कार्यलाई अगाडी बढाउने सभासद् प्रणाम रसाइलीले वचन दिएका छन्। यसको साथै खरसाङ हिमालयन सोसाइटीसँग यसबारे दोस्रो चरणको सभा भएको जानकारी गराइएको छ।










