सारेगमप लिटल च्याम्प्स सीजन ९ की विजेता जेटशन डोना लामाको भव्य स्वागत तयारी

गान्तोकः सारेगमप लिटल च्याम्प्स सीजन ९ की विजेता जेटशन डोना लामा भोलि २५ जनवरी सिक्किम फर्केर आइरहेकी छन्। आफ्नो गायन कलाका कारण सबैको प्रिय बन्न पुगेकी लामाको भव्य स्वागतको तयारी गरिएको छ। यस अवसरमा राज्यका मुख्यमन्त्री स्वयं उपस्थित रहनेछन्। जेटोन डोना लामा सर्पोट क्लबले प्रतिष्ठित सारेगमप लिटल च्याम्प्स सीजन ९ को उपाधि जितेर सिक्किम आइरहेकी जेशेन डोना लामालाई रम्फू र गान्तोकमा भव्य स्वागत जनाउने तयारी गरेको छ। जेट्शेनलाई स्वागत जनाउन भोलि रम्फूमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, विधायकगण, गणमान्य व्यक्तिहरू तथा जनसाधारण उपस्थित रहनेछन् । जेमोन डोना लामा सर्पोट क्लबका अध्यक्ष जेकब खालिङले सारेगमप लिटल च्याम्प्स सीजन ९ को विजेता बनेर जेट्शेन डोना लामा भोलि लगभग ५-६ महिनापछि सिक्किम फर्केर आइरहेको जानकारी गराए। उनले जेटोन आफ्ना माता-पितासँग भोलि लगभग १२ बजी रम्फूमा आइपुग्ने बताउदै क्लबले रम्फू र गान्तोकमा उनलाई भव्य स्वागत जनाउने बताए।

उनले जेमोनलाई स्वागत जनाउन मुख्यमन्त्री, मन्त्रीगण, विधायकगण र गणमान्य व्यक्तिहरूको उपस्थिति रहने बताए। उनले भोति रम्फूमा ऐतिहासिक जमघट हुनेछ भन्दै सबै जनसाधारणलाई स्वेच्छापूर्वक रम्फूमा उपस्थित भइदिन आह्वान गरे। उनले रम्फूपछि राजधानीमा पनि जेट्शनलाई भव्य स्वागत जनाउने कार्यक्रम रहेको प जानकारी गराए। उनले जेोनलाई ‘सारेगमप लिटल च्याम्प्स सीजन ९ को विजेता बनाउनमा उनको प्रतिभाका साथै भोटको पनि भूमिका रहेको छ भनी बताए। उनले जेनलाई विजय बनाउन सिक्किमलगायत दार्जीलिङ, कालेबुङ र डुवर्स तथा देशभरिबाट भरपूर सहयोग प्राप्त भएको बताउँदै सबैप्रति कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement