मुसेवालाको हत्यापछि गोली हान्नेहरु नेपालतिर फरार !

Musewala

नयाँ दिल्ली: पञ्जाबका चर्चित गायक सिद्धु मुसेवालाको हत्याको अनुसन्धान भइरहेको छ। यस विषयमा हरेक दिन नयाँ खुलासा भइरहेका छन्। यसैबीच दिल्ली पुलिसको विशेष टोली नेपाल पुगेको छ। हत्यापछि गोली प्रहार गर्ने सबै नेपाल भागेको पुलिसको आशंका छ। गोली हान्नेहरु नेपालमा लुकेर बसेको हुनसक्ने पुलिसले आशंका गरेको छ। दिल्ली पुलिसको स्पेशल सेलको टोली पनि मुजफ्फरनगर गएको थियो। स्रोतका अनुसार केही गोली चलाउनेहरुको पनि पहिचान भइसकेको छ। गत २९ मईमा पञ्जाबको मानसा जिल्लामा २९ वर्षीया मूसेवालामाथि उनको गाउँ नजिकै आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको थियो। उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यसैबीच, सिद्धु मुसेवालाको हत्याले अन्तर-सामूहिक प्रतिद्वन्द्वीलाई जन्म दिएको छ, किनकि ग्यांगस्टरहरूले अब स्वर्गीय गायकको मृत्युको बदला लिने वाचा गरेका छन्। हरियाणाका एक ग्यांगस्टरले मूसेवालाको हत्याराबारे जानकारी दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ। ग्यांगस्टर नाइके भूपी राणाको फेसबुक पेजमा लेखिएको छ, ‘मुसेवालाका हत्याराको जानकारी कसैलाई भएमा सूचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिइनेछ र सूचना दिनेको नाम गोप्य राखिनेछ भनी सबैमा अनुरोध छ।’ राणा हाल कर्णाल कारागारमा छन्।

About Author

Advertisement