कामराङमा हिंसात्मक घटनामा विपक्षी एसडीएफ पार्टीके सुनियोजित षड्यन्त्र रहेको आरोप

गान्तोकः सत्तारूढ़ एसकेएम पार्टीले पोकलोक कामराङमा हिजो घटेको हिंसात्मक घटना विपक्षी एसडीएफ पार्टीके सुनियोजित षड्यन्त्र रहेको आरोप लगाएको छ । एसकेएमले उक्त घटनाको घोर निन्दा गर्दै यस हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर प्रशासनले उचित दण्ड दिनु पर्ने माग पनि गरेको छ। एसकेएम प्रसार प्रसार उपाध्यक्ष बिरेन्द्र तामलिङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, जब-जब पवन चामलिङ सक्रिय भएर डुल्ने गर्छन्, तब-तब सिक्किमको शान्तिपूर्ण स्थिति खल्बलिन पुग्छ। किनभने पवन चामलिङ गुण्डाहरू पनि साथमा लिएर दङ्गा फसाद गर्दै हिँड्छन्। हिजो पनि पोकलोक कामराङमा यस्तै घटना घट्यो। नामले सिक्किम बचाउने भन्ने चामलिङले बाहिरका गुण्डाहरू बोकेर सिक्किमलाई ध्वस्त पार्ने कोशिशमा लागेको सबै सिक्किमवासीले बुझिसकेका छन्।

तामलिङले पोकलोक कामराइको घटनाबीच एउटा भिडियोमा एसकेएमको गाडीभित्र एसडीएफले हतियार राखेको छ भन्ने सुनिएको र यसपछि उनीहरूले उक्त गाडीमा हतियार छ भनेर दोष थोपेको स्पष्ट देखिएको दाबी गरेका छन्। उनले भनेका छन्, चामलिङले सिक्किममा अब कुनै हालतमा आफूले चुनाउ जिन नसक्ने देखेपछि गुण्डा लगाएर जनतालाई तर्साउने संकीर्ण सोच बोकेको व्यक्ति हुन्।” ‘उनले एसकेएम पार्टीका कार्यकर्ताहरू आफ्नो पार्टीको ११ औ स्थापना दिवसको तयारीबारे विम गरिरहेको बेला एसडीएफ कार्यकर्ताहरूले एसकेएमको गाड़ी फुटाउने काम गरेको भिडियोमा स्पष्ट देखिएको पनि दाबी गरेका छन्। उनले एसडीएफ कार्यकर्ताहरूमाथि एसकेएम समर्थकसहित पुलिसबलमाथि पनि हातपाई गर्ने कामको गरेको आरोप लगाउँदै यसको निन्दा गरेका छन्। उनले अझ भनेका छन् पवन चामलिङ जब राजनीतिमा आए त्यतिबेला देखि नै अर्काको गाड़ी तोड़ने, फुटाउने मान्छे कुटने जस्ता जघन्य अपराध गर्दै आएको इतिहास छ। अहिले पनि चामलिङ यस्ते क्रियाकलाप गरिरहेका छन। उनले पोकलोक कामराको घटनालाई एसडीएफको पूर्वनियोजित षडयन्त्र रहेको ठहर गरेका छन्। चामलिङले बाहिरबाट गुण्डाहरू ल्याएर सिक्किमको शान्तिलाई पसिस्याउने काम गरिरहेको पनि उनसे आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement