एक्सन एडद्वारा नेशनल गर्ल चाइल्ड डे पालन


कालचिनीः विगत २०२१ सालमा मदारीहाट खण्डमा बीडीओ सेरोन तामाङ र एपीओ विशाल योञ्जनको सहयोगितामा एक्सन एड नामक संस्थाले मदारीहाट खण्डमा एउटा सर्भे चलाएको थियो भने उक्त सर्भेमा जम्मा ७९ जना टुहुरा तथा असहाय स्कूल छुटेका बच्चाहरूको पतो लागेको थियो। ३७ जना नाबालिक केटी र ४२ जना नाबालिक केटीहरू मिलाएर जम्मा ७९ जनालाई मदारीहाट ब्लक प्रशासनको सहयोगितामा दक्षीण साताली मेन्दाबारी स्थित पण्डित रघुनाथ मुर्मू आवासिक स्कूलमा भर्ना गरीएको थियो।
आज सोही केटाकेटीहरूलाई समेटेर एक्सन एड नामक संस्थाले स्कूलमा नेशनल गर्ल चाइल्ड डे पालन गरेको थियो।
सो अवसरमा मेन्दाबारी ग्राम पञ्चायत प्रधान मोना राभा लगायत अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो भने स्कूले केटाकेटीहरूले आर्ट प्रतियोगिता र विभिन्न क्रियाकलापमा सहभागिता जनाएको थियो।

About Author

Advertisement