टेस्ट सीरीज अघि स्टीव स्मिथको फर्म भारतको निम्ति चिन्ताको विषय

भारत र अष्ट्रेलियाबीच चारवटा टेस्ट म्याचको बोर्डर-गावस्कर टेस्ट सीरीज ९ फरवरीदेखि शुरु हुनेछ। यस टेस्ट सीरीजको निम्ति दुवै टीमले तयारी शुरु गरिसकेको छ। भारतीय टीमलाई आफ्नो घरमा अष्ट्रेलियाबाट कड़ा चुनौतीको आशा रहेको छ। यसैकारण टीम इण्डिया आफ्नो तयारीहरूमा कुनै कमी राख्न चाहँदैन। यसरी नै पाहुना टीमको टेस्ट टीममा सामेल केही खेलाड़ीहरूले पनि सीरीज अघि लय हासिल गर्दै रनको वर्षा गरिरहेका छन्। यी खेलाड़ीहरूमा स्टीव स्मिथ प्रमुख हुन्। स्मिथसँग भारतमा खेल्ने पर्याप्त अनुभव रहेको छ अनि अहिले उनले बिग ब्याश लीगमा लगातार रन बनाइरहेका छन्। बीबीएल-को यस सीजनमा सिडनी सिक्सर्सबाट खेल्दै स्मिथले अहिलेसम्म दुईवटा शतक र एउटा अर्द्धशतक बनाइसकेका छन्। स्मिथले १७ जनवरीमा एडिलेड स्ट्राईकर्स विरुद्ध १०१ रन बनाए। त्यसको लगत्तै पछि उनले सिडनी थण्डर्स विरुद्ध पनि अविजित १२५ रन बनाए। उनले पछिबाट २३ जनवरीमा होवार्ड हरिकेन्स विरुद्ध खेलिएको म्याचमा पनि ६६ रनको विध्वंशी ईनिंग्स खेले। स्टीव स्मिथको ब्याटबाट यसरी रन निस्किनु आयोजक भारतीय टीमको निम्ति टेस्ट सीरीज अघि राम्रो खबर होइन। स्मिथ जस्ता ब्याटर लयको साथ भारतमा आए आयोजक टीमका बलरहरूका दुर्दशा हुने तय छ। यसैकारण स्मिथमाथि अंकुशे लगाउन भारतीय टीम म्यानेजमेण्टले अलग रणनीति बनाउनु पर्नेछ।
स्मिथले टी२० मात्र नभएर हालै दक्षिण अफ्रिका विरुद्ध तीनवटा टेस्ट म्याचको सीरीजमा पनि लगातार रन बनाएका थिए। स्मिथले त्यस सीरीजमा २३१ रन बनाएका थिए, जसमा एउटा शतक सामेल छ। उनले ८५ रनको अर्द्धशतकीय ईनिंग्स पनि खेलेका थिए। यसरी नै दक्षिण अफ्रिका विरुद्ध वेष्ट इण्डिज र श्रीलंका विरुद्ध पनि स्मिथले शतक र दोहोरो शतक बनाएका थिए। यसैकारण स्मिथ अहिले भारत यात्रामा पनि रन बनाउने आशामा रहेका छन्।
स्मिथले भारतमा टेस्ट म्याच खेल्दै शुरुदेखि नै रनको वर्षा गरेका छन्। भारतीय माटोमा उनको असाधारण रेकर्ड रहेको छ। साल २०१३-देखि २०१७-बीच स्मिथले भारतमा जम्मा ६ वटा टेस्ट म्याच खेलेर ६०.००-को औसतले ६६० रन बनाए। यस अवधि उनले तीनवटा शतकीय ईनिंग्स खेले। भारतमा स्मिथको सर्वोच्च स्कोर अविजित १७८ रन रहेको छ, जुन उनले राँचीमा बनाएका थिए। यसरी नै अष्ट्रेलियामा त भारत विरुद्ध उनको रेकर्ड झन् असल रहेको छ। स्मिथले आफ्नो देशमा भारत विरुद्ध ८ वटा टेस्ट म्याच खेलेर ८३.२३-को औसतले १०८२ रन बनाएका छन्। यस अवधि स्मिथले ५ वटा शतक बनाएका छन्। स्मिथको यस आँकड़ासँग भारतीय बलरहरू सतर्क रहनु पर्नेछ।
अष्ट्रेलियाले भारत यात्रामा चारवटा टेस्ट म्याचको सीरीज खेल्नेछ। सीरीजको पहिलो टेस्ट म्याच ९-देखि १३ फरवरीसम्म नागपुरमा खेलिनेछ। यसरी नै दोस्रो टेस्ट म्याच १७-२१ फरवरीसम्म दिल्लीमा अनि तेस्रो टेस्ट म्याच १-देखि ५ मार्चबीच धर्मशालामा खेलिनेछ। सीरीजको चौथो तथा अन्तिम टेस्ट म्याच ९-देखि १३ मार्चबीच अहमदाबादमा खेलिनेछ। टेस्ट सीरीजपछि यी दुई टीमबीच तीनवटा वनडे म्याचको सीरीज पनि खेलिनेछ। वनडे सीरीजको पहिलो म्याच १७ मार्चमा मुम्बईमा खेलिनेछ। यसरी नै दोस्रो वनडे म्याच १९ मार्च (विशाखापट्टनम) र तेस्रो वनडे २२ मार्च (चेन्नई)-मा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement