दोस्रो अम्बोटिया गोल्ड कप: गोर्खा बोइज सेमिफाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा खरसाङको गोर्खा बोइजले सेमिफाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा मंगलवार भएको म्याचमा गोर्खा बोइजले सोनादाको मुनाल फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अभिषेक दर्जीले छिराए। आजको विजेता गोर्खा बोइजले २९ जनवरीमा खेलिने दोस्रो सेमिफाइनलमा सिलगढ़ीको क्याप्टन न्यौपाने फूटबल एकाडमीको चुनौती स्वीकार्नेछ। यसरी नै २८ जनवरीमा खेलिने पहिलो सेमिफाइनलमा चाँद एफसी र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ।टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement