५.९ म्याग्निच्युटको भूकम्पले बाजुरामा एकजन महिलाको मृत्यु

काठमाडौं: मङ्गलबारसुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युटको भूकम्पका कारण एकजना महिलाको मृत्यु भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ। गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिन थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला पुलिस कार्यालय बाजुराले जनाएको छ। जिल्ला पुलिस कार्यालय बाजुराका अनुसार बडिमालिका नगरपालिका वार्ड नम्बर ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चारजनाको घर पूर्ण रूपमा भत्किएको छ। भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन्। तर, क्षतिको एकीन विवरण भने आइसकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement