कोलकता। माध्यमिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र-छात्राहरूलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्। शुक्रवार माध्यमिकको रिजल्ट जारी भएपछि उनले ट्वीट गरिन्। उनले लेखिन्, माध्यमिक परीक्षा पास गरी मेरिट लिस्टमा ठाउँ पाउने सबै मेधावी छात्रहरूलाई बधाई र शुभकामना। हाम्रा जिल्लाका छात्र-छात्राहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्, शहरका नानीहरूले पनि हामीलाई गौरवान्वित गरेका छन्।
साथै मुख्यमन्त्रीले छात्रहरूको यस उपलब्धीको निम्ति उनीहरूका अभिभावक, शिक्षक र स्कूलहरूलाई पनि बधाई दिइन्। उनले ट्वीटमा अघि लेखिन्, परीक्षाको परिणाम बिना कुनै विलम्ब जारी गरियो। त्यही, २०२३ को माध्यमिक परीक्षाको शेड्यूल पनि घोषित गरिएको छ। यसबाट परीक्षार्थीहरूलाई सुविधा हुनेछ। जुन परीक्षार्थीहरूलाई आशानुरूप परिणाम प्राप्त भएको छैन, उनीहरूको निम्ति ममताले भनिन्, भविष्यको निम्ति तयार बस। यदि तपाईले संघर्ष गरे आउने दिनहरूमा निश्चित रूपमा राम्रो परिणाम मिल्नेछ।











