कालेबुङमा भाजपाको पार्टी कार्यालय उदघाटन

“भाजपा नेताहरूको पार्टी नभएर जनताको बीचबाट विकसित भएको राष्ट्रीय पार्टी हो”: राजु विष्ट

कालेबुङ: भारतीय जनता पार्टीको विस्तारको क्रममा आज कालेबुङमा भाजपा पार्टी कार्यालयको उद्घाटन गरिएको छ। कालेबुङमा भाजपाको पार्टी कार्यालयको उदघाटन दार्जिलिङको भाजपा सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टको बाहुलीबाच गरिएको छ। कालेबुङमा भाजपाको पार्टी कार्यालय उदघाटन गरेपछि सांसद राजु विष्टले भने, “कालेबुङमा पार्टी कार्यालय उदघाटन गरिनु हाम्रो लागि ठूलो खुशीको विषय हो। यस कार्यालयले यहाँका जनताको सेवामा ठूलो योगदान गर्नेछ। क्षेत्रका मानिसहरूसँग संवादको एक स्थल बन्नुका साथै यसले स्थानीय समस्याहरूको समाधान गर्नमा जनतासँग मिलेर काम गर्नेछ। यस भाजपा पार्टी कार्यालय मार्फत स्थानीय जनताले स्थानीय समस्या तथा मुद्दाहरू सशक्त ढंगले राख्न सक्नेछ तथा राष्ट्रीय मुद्दाहरूमाथि समेत चर्चा-परिचर्चा गर्न सक्नेछन्। यो पार्टी कार्यालय मात्रै नभएर समाज सेवाको मूल केन्द्र पनि बन्नेछ भन्ने मलाई ठूलो आशा र विश्वास छ।”

दार्जिलिङको सासंद राजु विष्टले अघि भने, “भाजपा नेताहरूको पार्टी नभएर, जनताको बीचबाट विकसित भएको राष्ट्रीय पार्टी हो। भाजपा-ले “सिद्धान्तको राजनीति” गर्दछ। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा भाजपा सरकारका विगत ९ वर्षमा यसले देशलाई सुशासन प्रदान गरेको छ अनि हरेक काममा जनताको सहभागिता र समावेसीतालाई बढाउँदै आएको छ। विश्वमा देशको मान र प्रतिष्ठालाई बढाएको छ।”

राजु विष्टले अझ भने, “भाजपाको लागि सदैव राष्ट्र प्रथम रहेको छ साथै अन्त्योदयको सिद्धान्तको अवलम्बन गर्दै देशको अन्तिम व्यक्तिसम्म सरकारी योजनाहरूलाई पुऱ्याउने काम गर्दै आएको छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”को मन्त्रका साथ देशभर पूर्वाधार विकासका साथै जन-जनसम्म सबै कल्याणकारी योजना तथा सुविधाहरू पुऱ्याउने काम भाजपा सरकारहरूले गरिरहेका छन्। भारतलाई एक सशक्त, समृद्ध तथा विकसित देश बनाउने दिशामा भाजपा लागिपरेको छ। यस पृष्ठभूमिमा, कालेबुङमा भाजपाको पार्टी कार्यालयले देश र जनताका विकास निम्ति भाजपाका परिकल्पना, सिद्धान्त एवं कार्यहरूलाई जन-जनसम्म पुऱ्याउन अनि जन-सहभागिताका साथ आफ्नो क्षेत्रको विकास र कायाकल्प गर्नमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement