सिलगढी– सिलगढी प्रधाननगरस्थित डाक्टर आईबी थापा नेपाली हाई स्कुलको छात्रा प्राप्ति लामाले मोठ ५०२ अङ्क प्राप्त गरेर स्कुलमा टप्पर बनेकी छन्। प्राप्ति लामाको मेहनत तथा लगनशीलताले गर्दा तिनले माध्यमिक परीक्षामा ५०२ अङ्क प्राप्त गरेर स्कुल टप्पर बनेकी छन्। तिनको उक्त उपलब्धिमा परिवार लगायत स्कुलका शिक्षक-शिक्षिकाहरू निक्कै खुशी छन्। तिनको बाबु प्रवीण लामा सिलगढीमा एउटा चश्मा दोकानमा काम गर्दछन् । छोरी प्राप्तिलाई डाक्टर बनाउने तिनको बाबुको सपना रहेको छ। यस अवसरमा प्राप्त लामाले भनिन्, आज माध्यमिक परीक्षाको रिजल्ट जारी भएको बारे आफूलाई थाहा थिएन। स्कुलको तर्फबाट ५०२ अङ्क ल्याएर स्कुल टप्पर बनेको थाहा पाएपछि आफू निक्कै खुशी भएको तिनले बताइन्।