सचिव साहले माध्यमिक परीक्षामा ४६४ अङ्क प्राप्त

IMG_20220603_203012.jpg

सिलगढी। सचिव साहले माध्यमिक परीक्षामा ४६४ अङ्क प्राप्त गरेर स्कुलमा पहिला स्थान हाँसिल गरेका छन्। तिनी सिलगढी भारती हिन्दी हाई स्कुलका छात्र हुन्। तिनको बाबुले दार्जीलिङमा गएर घर-घरमा घुमेर माछा बिक्री गर्ने गर्दछन्। कोरोनाको समयमा काम बन्द भएपछि घरको आर्थिक अवस्था राम्रो थिएन। तरै पनि तिनको छोरा सचिनको कठोर मेहनत र लगनले गर्दा तिनले माध्यमिक परीक्षामा स्कुलमा प्रथम स्थान ओगटेका छन्। सचिन साहले बताएअनुसार घरको आर्थिक अवस्था कमजोर रहे तापनि आमा-बाबु लगायत स्कुलका शिक्षकहरूको सहयोगले गर्दा तिनले माध्यमिक परीक्षामा ४६४ अङ्क हाँसिल गरेर स्कुलमा प्रथम स्थान ओगटेका छन्। तिनको डाक्टर बन्ने सपना रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement