बाइक दुर्घटनामा दुइजना छात्रा घाइते

87077070.jpg

अलिपुरद्वार: दुइजना छात्रा स्कुल गइरहेको समय बाइक दुर्घटनामा परेर घाइते भएका छन्। घाइते भएका छात्राहरू जबा राय र शिवानी राय रहेकी छिन्। जानकारी अनुसार आज बिहान जबा र शिवानी एउटा साइकलमा सवार भएर पाटकापाडा कालीबारी स्कुल गइरहेको समय सडक पार गर्ने क्रममा एउटा बाइक अनियन्त्रित भएर साइकललाई धक्का ती दुईजना छात्रा सडकमा लडिन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार जबा रायको टाउकोमा चोट लागेको छ भने शिवानी राय घाइते भएकी छन्। स्थानीय मानिसहरूको सहयोगमा ती दुईजना छात्रालाई तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट अलिपुरद्वारा जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement