गोर्खा स्वाभिमान संघर्षको महिनाव्यापी कार्यक्रम सम्पन्न

अब नयाँ प्रकारले कार्यक्रमलाई तीव्रता दिइने

दार्जीलिङ: गोर्खा जाातीय हितको कार्यक्रमलाई जारी राख्ने संकल्प लिन्दै गोर्खा स्वाभिमान संघर्षले दार्जीलिङ नगरपालिकालाई सोम्पिए क्यापिटल हल। हाम्रो पार्टीको युवाहरूले गोर्खा जातिको जातीय हितको पक्षमा गत एक महिनादेखि महिनाव्यापी कार्यक्रमहरू गर्दै आईरहेका थिए।पूर्व घोषणा अनुरूप गोर्खा स्वाभिमान संघर्षको कार्यक्रमले एक महिना पूरा गरेको छ। हाम्रो पार्टीको युवाहरूले क्यापिटल हल अनि यसको परिसरमा सर सफाई गरेर दार्जीलिङ नगरपालिकालाई सोम्पिएका छन्। हामीले क्यापिटल हलमा कार्यक्रम गर्दा क्यापिटल हलको अवस्था जस्तो अवस्था थियो, सर सफाई गरेर दार्जीलिङ नगरपालिकालाई सोम्पि दिएको युवावर्गले बताएका छन्। गोर्खा स्वाभिमान संघर्षले गोर्खा जातीय हितको पक्षमा अब पहाडदेखि तराई डुवर्स आदि क्षेत्रहरूमा पनि कार्यक्रमहरूको आयोजना गर्ने सोच बनाएको जानकारी प्राप्त भएको छ। क्यापिटल हलको प्रांगनमा सम्पन्न कार्यक्रमको अवधि पार्टी अध्यक्ष अजय एडवार्डले जे जे वाचाहरू गरेका थिए त्यो सबै पूरा गरेको युवाहरूले बताएका छन्। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रमहरू अवधि मेडिकल क्याम्प, आँखा जाँच शिविर, गरीब विमारीहरूको सित्थैमा उपचार, दवाई पानी वितरण आदि जस्ता कार्यहरू पूरा गरेको युवाहरूले बताएका छन्। गोर्खा जातीय हित र छुट्टै राज्यको मांगप्रति आफुहरू इमान्दार रहेको पनि युवाहरूले दोहोराएका छन्।

About Author

Advertisement