तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा १७ माइल सेमी फाइनलमा प्रवेस

खरसाङ: तीनधारेको १७ माइल क्षेत्रका युवाहरूका आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईररहेको क्रिकेट टुर्नामेन्टको चौथो क्वाटर फाइनल खेल १७ माइल स्टार र नयाँ कमानमाझ भएको छ। १७ माइलले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित १५ ओभरमा १५२ रन बनाएको थियो। १७ माइल स्टारको पक्षमा विशाल गजमेरले ६० रन अनि दिपेन गजमेरले २० रन बनाएका थिए। १५३ रनको लक्ष्यलाई खेदो गर्दै नयाँ कमानले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएका थिए। नयाँ कमानको पक्षमा पुरस्कारले ४० रन बनाएर पनि आफ्नो टिमलाई जीत दिलाउन सकेनन्। १७ माइलको पक्षबाट सञ्जु भुजेलले ३ विकेट लिएका थिए भनी आयोजक समितिको पक्षमा महेश सुनवारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement