रंगबुलमा ओपन नक्आउट फूटबलः अजम्बरी रंगबुल फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा अजम्बरी रंगबुलले फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा मंगलवार भएको पहिलो सेमिफाइनल म्याचमा अजम्बरी रंगबुलले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोनित राई, नयन प्रधान र धनराज (वांगचुक) तामाङले गोल गरे। रोनित राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement