दशौं खरसाङ शहीद गोल्ड कप: एमएमएफसी निरपानी सेमिफाइनलमा

खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा एमएमएफसी निरपानी सेमिफाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल म्याचमा एमएमएफसी निरपानीले सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पुजन राई र निरज कार्कीले गोल गरे। यसरी नै केएफसी-बाट सन्दीप लिम्बुले १ गोल गरे। एमएमएफसी निरपानीका पुजन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा सिलगढ़ीको रोयल फूटबल क्लब र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement