विभागीय एमओडी सभासद्वारा सोनादाको हर्टिकल्चर फार्मको भ्रमण

सोनादा: सोनादा पचेङ समष्टीस्थित हर्टिकल्चर क्षेत्रमा हर्टिकल्चर अनि पावर विभागको भारतप्राप्त एमओडी सभासद प्रणाम रसाइलीले भ्रमण गरेका छन्। यस भ्रमणावधि सभासद प्रणाम रसाइलीले भने, सिंचाई अनि संस्कृति विभागको भारप्राप्त सभासद अनोश थापाको पहलमा साथै जीटीए कार्यपाल अनित थापाको निर्देश अनि ग्रामीणवासीको मांगलाई मध्यनजर राख्दै यो हर्टिकल्चरबाट यस क्षेत्रमा केही राम्रो गर्ने काम गर्नेछौं। यसको साथै उनले विभागीय अधिकारीहरूसंग सर सल्लाह लिएर चाँडै यस भेकको लागि केही उचित पहल गर्ने बताएका छन्। आजको भ्रमण टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति प्रवक्ता तथा पीआरओ एसपी शर्मा, क्षेत्रीय सभासद अनोश थापा, समष्टि सभापति सोनाम लामा, खरसाङ महकुमा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई लगायत स्थानीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement