आफ्नो वचन पूरा गर्दै चिमनी निवासी सुष्मा तामाङको घर निर्माणमा अनित थापाले गरे सहयोग

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो वचन पूरा गर्दै खरसाङ देवराली समष्टी अन्तर्गत चिमनीको सुष्मा तामाङलाई घर बनाउन सबै सर सामानहरू प्रदान गरेका छन्। अनित थापाले गरेको सहयोगले नै आज सुष्मा तामाङ र उनको पति छिरिङ तामाङले आज बौध्द धर्म अनुसार पूजा अर्चना गरेर घर निर्माणको कार्य थालेका छन्। गत वर्ष २०२२ को बुध्द जयन्तीको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले चिमनीक पनि भ्रमण गरेको समय स्थानीयहरूले सुष्मा तामाङको घरको अवस्था देखाई दिएका थिए र उनको अवस्था देखेर अनित थापाले सहयोग गर्ने वचन दिएका थिए। त्यसै वचनलाई पूरा गर्दै अनित थापाले घर बनाउन सबै सर सामानहरू प्रदान गरेकोले आजदेखि घर निर्माणको कार्य थालिएको छ। उक्त घरको निर्माण कार्य पूरा भएपछि खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको बाहुलीबाट विधिवत रूपमा उदघाटन गरिने भएको जानकारी प्राप्त भएको छ। चिमनी निवासी सुष्मा तामाङ र छिरिङ तामाङको घर निर्माणको कार्य शुरु गर्नलाई खरसाङ देवराली समष्टीको युवा शक्तिको सचिव दिपेस थापा विशेष रूपमा उपस्थित रहेका थिए। आफ्नो घर निर्माणको लागि कार्य शुरु भएकोमा सुष्मा तामाङको पति छिरिङ तामाङ र युवा शक्तिको समष्टी सचिव दिपेस थापाले भागोप्रमो केन्द्रीय अध्यक्ष अध्यक्ष अनित थापा, समष्टी सभासद श्याम शेर्पा र समष्टीका पदाधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement