बानरहाट। बानरहाट बजार क्षेत्रमा अवैध तरिकाले फुटपाथ अनि ड्रेन दखल गरेर निर्माण गरिएको दोकान अनि घरहरूलाई दखलमुक्त बनाउन अघि आयो बानरहाट स्थानीय पञ्चायत सदस्य अनि पञ्चायत समिती सदस्य| आज बानरहाट बजार क्षेत्रमा फुटपाथ अनि नालालाई मुक्त गराउन हेतु एक अभियान चलाएको थियो| शुक्रबार बिहानदेखि नै बिभागले सरकारी नालालाई दखल गरेर बनाएको दोकान अनि घरलाई तोडने काम गरिएको थियो| त्यसपश्चात पञ्चायत समिति सभापति सीमा चौधरी अनि स्थानिय तृणमूल कङ्ग्रेस बानरहाट ब्लक उपाध्यक्ष सागर गुरुङ,कुटी नन्दी, देबो भौमिक, बानरहाट बजारका फुटपाथ अनि नालालाई ओगटेर लगाएको दोकानदारहरूलाई अवैध स्टल हटाउने अनुरोध गरे|यस अवसरमा बानरहाट पुलिस थियो| फुटपाथ मुक्त अभियानमा दोकान दोकान गएर फुटपाथ अनि नालालाई दखल मुक्त गरिदिने अनुरोध गर्दै आएकोमा दोकानदारहरूले पनि स्वागत गर्दै भोलिदेखि नै यो कार्यमा लागि पर्ने बताए|
बनारहाट एक ग्राम पञ्चायत सदस्य एव शिल्प सञ्चालक कुटी नन्दीले भने, बजार क्षेत्रमा नयॉं नाला बनाउने काम चलिरहेको छ|नाला अवैध रुपमा कब्जा गरेको कारण बनाउन असुविधा भइरहेकोले नै आज नाला अनि फुटपाथलाई दखलमुक्त बनाउने अभियान चलाएको बताए|पञ्चायत समिति सभापति सिमा चौधरीले भनिन्, आज दोकानदारहरूलाई अनुरोध गर्दै फुटपाथ अनि नालालाई दखलमुक्त गरिदिने अनुरोध गरेका छौँ| दोकानेहरूले पनि सकारात्मक पहललाई स्वागत गर्दै दखलमुक्त गर्ने आशा राखेका छौँ यदि मुक्त नगरे आगामी दिनमा पुन अभियान चलाइने बताइन्|