दीनबन्धु मञ्चमा फरवरी ४ देखि ८ सम्म नाटक महोत्सवकाे आयोजना

सिलगढी: उत्तर बंगाल सांस्कृतिक परिषदको पहलमा, स्थानीय दीनबन्धु मञ्चमा फरवरी ४ देखि ८ फरवरीसम्म एक थिएटर फेस्टिभल “पाँच सन्ध्या देवशंकर” आयोजना गरिनेछ। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय रंगकर्मी सुबोध पटनायकलगायत विशेष अतिथिको उपस्थिति रहने महोत्सव समितिका प्रमुख सल्लाहकार गौतम देवले आज पत्रकार सम्मेलनमा जानकारी दिए। कार्यक्रममा नाटककार चन्दन सेनको पनि उपस्थिति रहनेछ। पत्रकार सम्मेलनमा गौतम देवले सत्यजित रे फिल्म फेस्टिभलको सफलतापछि दीनबन्धु मञ्चले देवशंकर ड्रामा फस्टिभल आयोजना गर्न लागेको जानकारी दिए। साथै कार्यक्रमको अन्तिम दिन रामकिङ्कर हलमा नाटक नाटक अड्डामा आयोजना गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement