युवा तृणमूल कङ्ग्रेसको सभा सम्पन्न

IMG-20220603-WA0148.jpg

बीरपाडा: बीरपाडा जुब्ली क्लबको प्रेक्षागृहमा युवा तृणमूल कङ्ग्रेसको सभा सम्पन्न भयो| आगामी ७ जूनको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको परेड मैदान सभा गर्ने बारे मदारीहाट खण्ड तृणमूल कङ्ग्रेसका युवा सभापति विशाल गुरुङले बताएका छन्| आज मदारीहाट खण्ड अन्तर्गत विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूबाट युवा बुथ कमिटीका सभापति,सचिव आदिलाई लिएर एउटा महत्त्वपूर्ण प्रस्तुती सभा सम्पन्न भयो|
उक्त सभालाई सम्बोधन गर्नका निम्ति अलिपुरद्वार जिल्ला युवा जिल्ला अध्यक्ष राजकमल भगत, मदारीहाट युवा सभापति विशाल गुरुङ, जिल्ला युवा सचिव राजीव मुखर्जी, चायबगान तृणमूल कङ्ग्रेसको चेयरमेन नकुल सोनार, सहसभापति साजिद आलाम, सचिव रविलाल लामा, बीरपाडा १ अञ्चल सभापति सञ्जु बोस, सहसभापति हाकिम मीया, सचिव विज्ञान सुब्बा तथा अन्य उपस्थित थिए| सभामा आगामी ७ जूनमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार भ्रमणमा आउने भएकोले गर्दा प्रत्येक खण्डको युवा तृणमूल कङ्ग्रेसको भुमिका के कस्तो हुनुपर्ने बारे चर्चा गरियो| मदारीहाट खण्डबाट पनि सबै ग्राम पञ्चायत क्षेत्रहरूबाट धैरै मात्रामा युवा कार्यकर्ताहरू तथा समर्थकहरूको उपस्थिति हुनुपर्ने विषयहरूमा पनि चर्चा भयो| अब चॉंडै विभिन्न क्षेत्रका तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो आफ्नो ठाउँहरूमा उक्त सभा सम्बन्धि प्रचार-प्रसार अभियान थाल्नुपर्ने आदि कुरामा चर्चा गरिएको ब्लक सभापति विशाल गुरुङले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement