गणतन्त्र दिवस मध्यनजर रेलवे प्रहरी सतर्क

सिलगढी:: गणतन्त्र दिवसलाई मध्य नजर राखेर पुलिस प्रशासनले सिलगढीमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। यसैगरी, यहाँको एनजेपी रेलवे स्टेशनमा पनि कठोर सुरक्षा व्यवस्था गर्नको साथै रेलवे स्टेशनमा आरपीएफ अनि जीआरपी का जवानहरूले संयुक्त रूपमा नजरदारी अनि छानबिन गरिने कार्य भइरहेको छ। विशेष गरेर यस छानबिन कार्यमा स्निफर डगको पनि सहयोग लिएर स्टेसनमा आउने- जाने प्रत्येक यात्रुहरू सहित तिनीहरूको व्यागको जाँच गरिंदैछ। रेलवे स्टेशनमा सीसीटीभी मार्फत पनि निगरानी गरिरहेको बताइएको छ अर्कोतिर, यात्रीहरूको सुरक्षाको लागि आरपीएफद्वारा जागरूकता कार्यक्रम पनि सम्पन्न भइरहेको छ। यस कार्यक्रमको माध्यम यात्रीहरूलाई विभिन्न विषयमा अवगत गराइरहेको छ।

स्मरण रहोस, देशभरिमें आगामी २६ जनवरीको दिन मनाइने गणतन्त्र दिवसको तयारी चलिरहेको छ भने रेलवे स्टेशन तथा यात्रुहरूको सुरक्षालाई लिएर पुलिस प्रशासनले सुरक्षा व्यवस्था पनि कठोर गरेको छ। स्टेशनमा आउने जाने प्रत्येक यात्रुहरू अनि रेलमा पनि चेकिङ गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement