अचार बनाउने प्रशिक्षणको लगभग समापन

IMG-20220603-WA0146.jpg

कालचिनी। कालचिनी खण्डको मेन्दाबारी ग्राम पञ्चायत अन्तर्गत दक्षिण सातालीमा डुवर्स एग्रो फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको पहल तथा उत्कर्ष बङ्गलाको सहयोगितामा गत दुई सप्ताह अघिदेखि शुरु गरिएको अचार तयारी प्रशिक्षण लगभग समापनतिर आएको सो प्रशिक्षण केन्द्रको प्रमुख विनय नार्जीनारीले जनाएका छन्| गाउँको प्रायः १७ जना महिलाहरूलाई लिएर गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रको बासिन्दा प्रशिक्षक सुधा साहा र अर्चना मिश्राले सो अचार बनाउने प्रशिक्षण दिई आइरहेको थियो|
यस क्रममा महिलाहरूलाई गाउँमा फलेको जैविक निम्बू, आँप, कटहर, अउल, खोर्सानी, तितिरी, अदुवा, लसुन, जलपाई, बहेर,करेला, चाना, अमला, मिक्सचर आदि परिकारको अचार तयारी गर्न सिकाईएको प्रशिक्षक सुधा साहा चीक बडाईक र अर्चना मिश्राले जनाएकी छन्|

डुवर्स एग्रो फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडका एमडी विनय नार्जीनारीले बस्तीमा फलेको निम्बू लगायत अन्यान्य फलफूलहरूलाई प्रशिक्षण मार्फत प्रक्रिया अनुसार अचार बनाउने व्यवस्थाको निम्ति उत्कर्ष बङ्गलाको सहयोगिता पाएको र यसको निम्ति अलिपुरद्वार जिल्ला शासक र कालचिनी बीडीओ प्रशासनको मदत मिलेको र यस प्रशिक्षण मार्फत गाउँले महिलाहरूलाई स्वरोजगार बन्ने मौका मिल्ने जनाएका छन्| यो प्रशिक्षणसितै सुपाड़ीको पत्ताको प्लेट साथै झाड़ु पनि बनाईएको र यससितै मौरी पालन र चप्पल र एलईडी बल्ब बनाएर बिक्री व्यवस्थापन गर्ने योजना बनेको र अचार तयारी प्रशिक्षण पश्चात अब मरमसाला तयारीको प्रशिक्षण फेरि आयोजना गरिने विनय नार्जीनारीले जनाएका छन्|

About Author

Advertisement