अलिपुरद्वार: एकजना युवकको सडक दुर्घटनामा परेर मृत्यु भएको छ। यो घटना हिजो राति मदारीहाट वीरपाडा खण्डको राङ्गालीबाजना इलाकाको ४८ नम्बर हाईवेमा घटेको हो। मृतक युवक वीरपाडा निवासी २४ वर्षीय अविनाश साहको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार अविनाश साह बाइकमा सवार भएर द्रूत गतिमा घर फर्किरहेको समय राङ्गालीबाजना इलाकाको ४८ नम्बर हाईवेमा एउटा डम्परले ट्रनिङ काटिरहेको समय उक्त बाइकले डम्परलाई धक्का दिँदा घटनास्थलमै युवकको मृत्यु भएको बताइएको छ। इलाकामा जडान गरिएको सीसीटीभ क्यामारा उक्त दुर्घटना कैद भएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









