सिलगढी: यस वर्ष देशबन्धुपाडाको वार्ड नम्बर २७ मा रहेको आर्य समितिको ७५औँ वार्षिकोत्सव मनाइँदैछ। यस वार्षिकोत्सवको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरिएको छ। ७५औँ वार्षिकोत्सव समारोह समितिका मुख्य प्रायोजक मेयर गौतम देव र सहप्रायोजक उपमेयर रञ्जन सरकारको आज आर्य समिति बैठक हलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको आयोजना गरिएको हो। संगठनका सचिव राणा दे सरकार र वार्ड काउन्सिलर भास्कर विश्वास, अनुप बोस र प्रशान्त चक्रवर्ती लगायतको उपस्थिति थियो। उक्त पत्रकार सम्मेलनमा गौतम देवले सर्वप्रथम आर्य समितिको इतिहासबारे जानकारी गराएका थिए। उनले नयाँ भवनमा हल र थिएटर निर्माण गर्ने योजना रहेको पनि बताए। तिनले परम्परागत आर्य समितिको इतिहासलाई जनतामाझ पुर्याउन आफू आफु लागिरहेको बताए।










