नयाँ दिल्ली: देशको राजधानी दिल्ली र एनसीआरमा आज दिउँसो २.३० बजे भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। नोएडा फिल्म सिटीको अफिसमा कार्यरत मानिसहरूलाई कसैले कुर्सी हल्लाएजस्तो लाग्यो। लखनउमा पनि मानिसहरूले झन् ठूलो धक्का महसुस गरेको बताएका छन्। भूकम्पले दिल्लीदेखि नेपालसम्मका जनता त्रसित भएका छन्। एनसीआरमा करिब ४ सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरियो। ग्रेटर नोएडा वेस्टको सोसाइटीहरूमा बस्ने मानिसहरूले भूकम्पको धक्का महसुस गरे। अग्ला भवनहरूमा बस्ने मानिसहरू तुरुन्तै बाहिर निस्किए। संचारमध्यमहरूले भूकम्पको झट्का ५.८ रेक्टर स्केलको र यसको केन्द्र बिन्दु नेपालमा रहेको बताएको छl










