अत्याधुनिक चिकित्सा उपकरण उत्तर बङ्गाल मेडिकल कलेज पुग्यो

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज अस्पतालको मेडिसिन र पुनर्वास विभागमा आज अत्याधुनिक चिकित्सा उपकरणको उद्घाटन गरियो। विभाग प्रमुख पार्थप्रतिम पानले विशेषगरी स्टोकका कारण पक्षघात भएका, विभिन्न प्रकारका जोर्नीशोथका बिरामीको राम्रो उपचारमा यो उपकरणले सहयोग पुग्ने बताए। यसका साथै विभिन्न अंगको रक्तसञ्चारमा समस्या र जन्मजात कारणले हुने रक्तसञ्चारमा समस्या, यस्ता जटिल रोगलाई यस आधुनिक चिकित्सा उपकरणको सहयोगले समाधान गरिने छ। मंगलबार, राज्यको जनस्वास्थ्य विभागमा उत्तर बंगालका ओएसडी डा सुशान्त रोयले हेमोफिलिया इकाईको उद्घाटन गरे। कार्यक्रममा उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालका प्रिन्सिपल सुपर सञ्जय मल्लिक इन्द्रजित साह सेनगुप्तालगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement