टीएमसी र भागोप्रमोको सभा सम्पन्न, मिरिक महकुमा चुनाव कमिटी गठन 

मिरिक: हिल टीएमसी अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज यहाँको टीएमसी पार्टी कार्यलयमा संयुक्त सभा सम्पन्न भयो। हिल टीएमसी मिरिक महकुमा अध्यक्ष  अनिल छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा दुई पार्टीकै महकुमा तथा समष्टि स्तरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा हिल टीएमसी मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले  विगतका दिनहरूमा टिकट सम्बन्धि कतिपय विषयहरूमा पार्टीका कार्यकर्ताहरू असमञ्जसमा परे पनि आजको सभामा सबैले आ-आफ्नो विचार प्रकट गरेl जीटीए चुनावमा २४ नम्बर समष्टिका दुवै पार्टीका प्रतिनिधिगण साथै कार्यकर्ताहरूले विपुल मत दिएर प्रत्याशी मिलेस राईलाई विजयी बनाउने सभाले निर्णय लिएको बताए। यसबाहेक आज नै दुई पार्टीका प्रतिनिधिहरूलाई लिएर मिरिक महकुमा स्तरीय चुनाउ कमिटी गठन गरेको जसमा अध्यक्ष बसन्त राई, सचिव किरण राई, कोषाध्यक्षद्वय ओमकार सुब्बा अनि नर्बु लेप्चालाई चयन गरियोl कार्यकारी सदस्यहरू एम.के. योन्जन, अरूण मोक्तान, ललित गुरूङ, चन्द्र लाल राई, प्रबिन शंकर, अनुप राई, बृहस्पति सुब्बा अनि रबी छेत्रीलाई चयन गरेको उनले बताए। साथै चुनाव समितिको प्रमुख संरक्षकको रूपमा भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई अनि हिल टीएमसी मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीलाई चयन गरिएको छ। छेत्रीले आउँदो ६ जून नामांकन पत्र फिर्ता लिने अन्तिम मिति भएकोले ७ जूनदेखि हामी द्रुत गतिमा चुनाव प्रचारप्रसारमा अघि बढ्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement