एनएफ रेलवे एम्प्लोइज यूनियन (एनजेपी शाखा)-को तत्त्वावधानमा आयोजित १८औं अन्तर विभागीय लीग कम् नक्आउट क्रिकेट टुर्नामेण्टमा अपरेटिंग विभाग च्याम्पियन भयो। एनजेपी आउटडोर स्टेडियममा सोमवार खेलिएको फाइनलमा अपरेटिंग विभागले आरपीएसएफ-लाई ७ विकेटले पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै आरपीएसएफ-को टीम २० ओभरमा १४१ रन बनाएर अलआउट भयो। एस त्यागीले ४० र हंसराजले ३८ रन बनाए। अपरेटिंग विभागका बलरहरूमा अमित शाहले २ विकेट हासिल गरे। जवाफमा अपरेटिंग विभागले १५.५ ओभरमै ३ विकेट गुमाएर १४२ रनको लक्ष्यलाई हासिल गऱ्यो। म्याच शुरु हुन अघि एजेपी शाखाका सभापति प्रवीर दे-ले झण्डा उत्तोलन गरी टुर्नामेण्टको शुभारम्भ गरे। यस अवसरमा कटिहार डीविजनमा सचिव रुपेश कुमारको साथमा एनजेपी शाखा सम्पादक राणा जय चन्द्रा, भास्कर तार र यूनियनका अन्य पदाधिकारीहरूका उपस्थिति रहेको थियो। टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको थियो।

संक्षिप्तमा
च्याम्पियनः अपरेटिंग विभाग (प्रदीप कुमार सेन स्मृति विनर्स ट्रफी)
रनरअप्ः आरपीएसएफ (सुकमल कान्ति मित्र स्मृति रनरअप् ट्रफी)
प्लेयर अव् द म्याचः आनन्द छेत्री (अपरेटिंग विभाग)
प्लेयर अव् द टुर्नामेण्टः एस खान (कमर्शियल विभाग)
बेस्ट बलरः हेमन्त कुमार (कमर्शियल विभाग)










