खरसाङ: यसपालीको जीटीए चुनावमा पत्रकार सुवास छेत्रीले पनि निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र बुझाएका छन्। पत्रकार सुवास छेत्रीले निर्दलीय प्रार्थीको रुपमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट आफ्नो नामांकन पत्र बुझाएका छन्। १७-१८ वर्षभन्दा लामो समयदेखि पत्रकारको रुपमा कार्यरत् पत्रकार सुवास छेत्रीले यसपालीको जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएर आफ्नो राजनैतिक करियर शुरु गरेका छन्। पत्रकार सुवास छेत्रीले कुनै राजनैतिक दलसित आबध्द नरही निर्दलीय जीटीए चुनाव लडेर सभासद बनेको खण्डमा समष्टीको जनताको विभिन्न य समस्याहरू समाधान गर्नलाई कार्य गर्ने बताएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै निर्दलीय प्रार्थी सुवास छेत्रीले हाम्रो समष्टी धेरै चियाबारीहरूले घेरिएको हुनाले म विशेष गरेर चियाबारी क्षेत्रको समस्याहरू समाधान गर्नलाई कार्य गर्नेछु भनी बताएका थिए। छेत्रीले म कुनै राजनीतिक दलसित सम्बन्ध नराखी पत्रकारको रुपमा निष्पक्ष रूपले कार्य गरिरहेको बताउँदै यसपालीको जीटीए चुनावमा हाम्रो समष्टीको जनताले तपाई जस्तो योग्य व्यक्ति अघि आउनु पर्ने भनी अनुरोध गरेको कारणले नै आफुले निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको जानकारी गराएका छन्। उनले म कुनै राजनैतिक पार्टी र कुनै व्यक्ति विशेषसित प्रतिस्पर्धा गर्नलाई आएको होइन भनी बताउँदै अब झण्डाको राजनीति गर्नु छोड्नु पर्ने र माथि उठेर जनताको लागि काम गर्नु पर्ने बताएका छन्। पत्रकार सुवास छेत्रीले अघि भने अनुसार म जनताको भलो गर्नलाई चुनावमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको र जीटीए व्यवस्थामा हामी जस्तो व्यक्तिहरू आएर सञ्चालन गरे भ्रष्टाचारमुक्त व्यवस्था हुने बताउँदै जनताको लागि स्वतन्त्र रुपमा कार्य गर्न चाहान्छु भनी बताएका छन्।