सिक्किम प्रीमियर लीगः सिक्किमेली फूटबलमा क्रान्तिकारी कदम, आधिकारिक प्रोमो भीडियो जारी

फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को आधिकारिक प्रोमो भीडियो जारी गरियो। जम्मा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिने एसपीएल-को उद्घाटन म्याच २९ जनवरीमा खेलिनेछ। गान्तोकको पाल्जोर स्टेडियममा हुने उद्घाटन म्याचमा आक्रमण एफसी र सिक्किम ड्रेगन्स एफसी-बीच भिड़न्त हुनेछ। सिक्किम प्रीमियर लीगको पहिलो संस्करणमा जम्मा ३१ वटा म्याच खेलिनेछ। एफडीपीएल-को बोर्ड अव् डिरेक्टर्समा निर्मल छेत्री, सञ्जु प्रधान, विकास जैरु, रबिन गुरुङ र निम छिरिंग लेप्चा रहेका छन्। एसपीएल-को पहिलो संस्करणमा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिनेछन्। यसमा रेड पाण्डा एफसी, ड्रेगन्स एफसी, सिंगलिंग एफसी, सिनाल्चु एफसी, रोअरिंग लियोपर्ड एफसी, आक्रमण एफसी, थण्डरबोल्ट नर्थ युनाइटेड एफसी र ब्रदर्स युनाइटेड एफसी सामेल छ। म्याचहरू गान्तोकको पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ भूटिया स्टेडियममा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement