ईंग्लिश प्रीमियर लीगः हालाण्डको ह्याट्रिक, आर्सनलको रोमाञ्चक जीत

photocollage_2023123235029416.jpg

आर्सनलले रोमाञ्चक जीतको साथ ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को जारी सीजनमा आफ्नो शीर्ष स्थानलाई अझ मजबूत बनायो। यसरी नै म्यानचेष्टर सिटीले पनि आफ्नो म्याचमा जीत हासिल गऱ्यो। आर्सनलले शुरुमै गोल खाए पनि आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले शुरुमै गोल खायो। मार्कस रासफोर्डले १७औं मिनटमा गोल गरी युनाइटेडलाई बढ़त दिलायो। एक गोल खाएपछि चाहिँ आर्सनलले विपक्षी टीमलाई कुनै मौका दिएन अनि लगातार २ गोल हासिल गऱ्यो। आर्सनलबाट एडी एनकेतिआहले २४औं र बुकायो शाकाले ५३औं मिनटमा गोल गरे। त्यसपछि लिसान्द्रो मार्टिनेजले ५९औं मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडलाई २-२-को बराबरीमा पुऱ्याए। अन्तमा एनकेतिआहले ९०औं मिनटमा गोल गरी आर्सनललाई रोमाञ्चक जीत दिलाए। यस जीतपछि प्रीमियर लीग टेबलको शीर्ष स्थानमा रहने आर्सनलले १९ वटा म्याचमा ५० पोइण्ट पुग्यो। यसरी नै म्यानचेष्टर युनाइटेड २० वटा म्याचमा ३९ पोइण्ट लिएर चौथो स्थानमा रहेको छ।
म्यानचेष्टर सिटीले अन्य एउटा म्याचमा वूल्भरह्याम्प्टनलाई ३-०-ले पराजित गऱ्यो। होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीबाट युवा स्ट्राईकर एर्लिंग हालाण्डले ह्याट्रिक गरे। उनले म्याचको ४०औं, ५०औं (पेनल्टी) र ५४औं मिनटमा गोल गरे। यस जीतपछि सिटी २० वटा म्याचमा ४५ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी नै १७औं स्थानमा रहने वूल्भ्ससँग २० वटा म्याचमा १७ पोइण्ट रहेको छ। यसबाहेक लीड्स युनाइटेड र ब्रेण्टफोर्डबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *