लक्ष्य प्राप्तिको लागि हामी सबै एकवद्व हुनैपर्छ: अजय एडवार्ड

IMG-20230123-WA0403.jpg

दार्जीलिङ: लक्ष्य प्राप्तिको निम्ति हामी सबै एकबद्व हुनैपर्छ यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले पोखेको हो। आज कालेबुङमा गोर्खाल्याण्ड राष्ट्रीय प्रतिनिधि सभा सम्पन्न भएको थियो। आयोजित सभामा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डलाई विशेष रूपमा निम्ताइएका थियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले भने, “आफुसँग आफ्नो पार्टीको सभासद र नगरपार्षदहरू आएको जानकारी गराउँदै मेरो सभासद र नगरपार्षदहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाएर उनीहरूले आफुहरूसँग तान्ने प्रयास गरेका थिए। नगर पाषार्दिका सुजातालाई ७० लाख रूपियाँको अफर दिएको थियो तर उनले त्यो अफरलाई ठुक्राएर स्वाभिमानसँग उभिएकी छन्। म सुजाता बहिनीहरूलाई यति धेरै पैसा कहिले पनि दिनु सक्दिन।”
उनले भने, “यो मञ्च गोर्खा जातिलाई बंगालबाट उन्मुक्ति दिलाउने मञ्च हो। यो मञ्चमा उभिएर तपाई हामी सबै मिलेर संघर्ष गर्दैछौं। यो मञ्चको माध्यमद्वारा हामीले सबैलाई एकताको मञ्चमा ल्याउनपर्छ।गोर्खा जातिको उन्मुक्तिको संघर्षमा हामी सबै एकवद्व हुनुपर्छ अनि हामी हाम्रो एकताको संघर्षमा कहिले पनि विफल हुनु हुँदैन।”
एजवर्डले अघि भने, “सन १९८६ को गोर्खाल्याण्डको आन्दोलनमा म सानै थिए अनि त्यो गोर्खाल्याण्डको आन्दोलनमा १२ सय मानिसहरू शहीद भएका थिए। ती शहीदहरू सबै हाम्रै गोर्खा दाजु भाइहरू शहीद भएका थियो,त्यो किन भयो भन्दा हाम्रो एकता नहुँदा भएको थियो।विगतमा भएका गल्ती र भूलहरूबाट हामीले शिक्षा लिनपर्छ अनि त्यो शिक्षालाई कार्य रूपमा परिणत गर्ने प्रयास गर्न पर्छ।”
उनले अघि भने, “म ईश्वरलाई प्रार्थना गर्छु विगतका आन्दोलनहरूले तपाई हामी सबैलाई राम्रो शिक्षा प्रदान गरून्।”
हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले अघि भने, ” “आन्दोलनको समयमा मेरी पत्नी गाउँ बस्तीहरूमा राशन पानीहरू वितरण गर्न जान्दा गाउँका मानिसहरूले भन्ने गर्थे रे, नानीहरूले राशन पानी ल्याई दिनु भएछ धन्यवाद,यस पाली त हामी घाँस नै खाएर भए पनि गोर्खाल्याण्ड प्राप्त गर्छौं भन्ने गर्थे। देश अजादीको संघर्षमा दुर्गा मल्लले प्राणको आहुति दिए तर आज उनको सन्तानको अवस्था सोचनीय अवस्थामा पुगेको छ। म जनताको सेवा गर्ने मान्छे, मलाई राजनीति मन पर्दैन थियो तर मेरो एकजना साथीले सेवा कार्य गर्नलाई राजनैतिक मञ्च सबैभन्दा ठूलो र राम्रो मञ्च रहेको बताएका थिए अनि मैले जनताको सेवा अझ गर्नुपर्छ भन्ने सोच लिएर राजनीति पार्टीको गठन गरेको हो। हामीले पार्टी गठन गरेको केवल तीन महिनाको अवधिमा दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गर्न सफल भयौं। नगरपालिकालाई सेवा गर्ने सबैभन्दा ठूलो मञ्च मान्ने गर्छ तर नगरपालिकामा हामीले १०, १२ जना धनी हुने ठाउँ मात्र भएको देख्यौं।”
उनले अझ भने, “हामीले हाम्रो उन्मुक्तिको कुरा गरिरहेका छौं अनि यो उन्मुक्तिको निम्ति बौद्विक आन्दोलन गर्न पर्छ, हामीले कसैलाई शहीद नबनाई उन्मुक्तिको लक्ष्य प्राप्त गर्नपर्छ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *