रङ्गेलीमा म्याराथन

IMG_20230123_234053.jpg

गान्तोक: योङ बेटल क्लब रङगेलीको पहलमा आज म्याराथन दौड प्रतियोगिता आयोजना गरियो। यस प्रतियोगिता महिला र पुरूष दुवै वर्गको निम्ति राखिएको थियो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पाकिम जिल्लाकी पञ्चायत जिल्ला उपाध्यक्ष प्रधान रहेकी थिइन् भने विशिष्ट अतिथिकोरूपमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का युवा संयोजक तेञ्जिङ दोर्जी भोटिया रहेका थिए। यस प्रतियोगिताको पुरूषवर्गमा कालेबुङ निवासी विकास भुजेलले प्रथम स्थान ओगटेका थिए भने गंगा हाङ सुब्बा दोस्रो र सुरज राज सुब्बा तेस्रो भए। सोही प्रकारले महिलावर्गमा अञ्जली सुब्बा प्रथम भइन् भने अम्बिका छेत्री दोस्रो र खुशी घिमिरे तेस्रो बनेकी थिइन्। आफ्नो सम्बोधनमा विशिष्ठ अतिथि तेञ्जिङ दोर्जी भोटियाले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा सर्वप्रथम आयोजक समितिलाई धन्यवाद दिए। यस प्रकारको गतिविधिमा युवाहरू संलग्न भएमा नराम्रो कुराबाट टाड़ा बस्न सक्ने बताए। वर्तमान युवाहरूलाई कुलतबाट जोगाउनको निम्ति यस्तो गतिविधिले धेरै सहयोग पुग्न सक्ने उनले मन्तव्य प्रकट गरे। उनले युवाहरूलाई खेलकूदको क्षेत्रमा अग्रसर हुनुपर्ने आग्रह गरे। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले खेलकूद क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको हुनाले युवाहरूले खेलकूदलाई पेशाकोरूपमा लिएर अघि बढनु पर्ने सुझाउ दिए।यसरी नै म्याराथन म्यान प्रिमुश भोटियाले युवाहरूलाई नशालु पदार्थबाट टाडा बस्ने सुझाउ दिए। नशालु पदार्थको सेवन गर्नाले मानिसलाई धेरै हानि पुग्न सक्ने कुरा अवगत गराए। उनले आफूले पनि धेरै वर्षसम्म नशालुपदार्थको सेवन गरेपछि अहिले राम्रो बाटोमा फर्किएको जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *