आसमलिङजेमा सिकोनको ५३औं बोर्ड सभा

IMG_20230123_233348.jpg

गान्तोक: सिक्किम राज्य सहकारी संघ सिकनद्वारा आसामलिङजेमा ५४औं बोर्ड बैठक आयोजित गरियो। बैठकको अध्यक्षता सिकनका अध्यक्ष एलपी काफ्लेले गरेको थियो। साथै सरकारका वित्त विभागका अतिरिक्त सचिव महेन्द्र प्रधान, सह रजिष्ट्रार सहकारिता विभाग पीटी लेप्चा, अधिकारीहरु फादोङ भोटिया, अध्यक्ष विष्णु चामलिङ आइतामाया राई, विष्णु कुमारको उपस्थिति रहेको थियो। भारतीय राष्ट्रिय सहकारी संघका प्रतिनिधि ललित पोखरेल पनि उपस्थित थिए। बैठकमा ५३औँ सञ्चालक समितिको बैठकमा संविधान संशोधनको प्रावधान र छ वटै जिल्लाको प्रतिनिधित्वको आरक्षण नीति सम्बन्धी एजेण्डामाथि छलफल भएको थियो। नेशनल स्कुल अफ ड्रामा (एनएसडी)सँग दुई वर्षका लागि पाठ्यक्रम सञ्चालन गर्नका लागि कम्प्लेक्सको केही भाग भाडामा दिने सम्बन्धमा स्वीकृतिका लागि केही महत्त्वपूर्ण बुँदाहरूमा पनि विस्तृत छलफल भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *