जलपाइगढी: सौहार्द सिन्हाले माध्यमिक परीक्षामा राज्यमा पाँचौँ स्थान ओगटेर धुपगढी सहरको नाम उच्च पारेको छ। तिनको सफलतामा परिवारका सदस्यहरू निक्कै खुशी छन्। तिनी धुपगढीको बैरातिगढी हाई स्कुलको छात्र हुन्। तिनले मोठ ६८९ अङ्क प्राप्त गरेका छन्। सौहार्दले बताएअनुसार शीर्ष दसमा आफ्नो नाम आउने तिनले आशा साँचेका थिए तर यति राम्रो परिणाम आउँछ भनेर सोचेकै थिइन्। मेरो सफलतामा शिक्षकहरूको योगदान रहेको छ। विज्ञान विषय लिएर अघिको पढाई गर्ने तिनले बताए।