राजभवनमा पालन गरियो सुभाषचन्द्र बोस जन्म जयन्ती

IMG-20230123-WA0402.jpg

तीन महत्वपूर्ण कार्यक्रम आयोजित

गान्तोक: आज राजभवनमा भारत देशका एक महान स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोसको १२६औं जन्म जयन्ती पालन गरियो। राज्यपाल गंगा प्रसादले राजभवन परिसरमा अवस्थित नेताजी सुभाषचन्द्र बोसको सालिगमा पुष्प अर्पित गरि श्रद्धाञ्जली चढाए। त्यसपश्चात् राजभवन सचिवालयको प्रेक्षागृहमा आयोजित एउटा विशेष कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लिखित पुस्तक ´एग्जाम वारियर्स’को राज्यपालको बाहुलीबाट विधिवत विमोचन गरियो।

आफ्नो सम्बोधनमा राज्यपाल गंगा प्रसादले बोर्ड परीक्षा दिन गइरहेका विद्यार्थीहरुलाई अग्रिम शुभकामना व्यक्त गर्दै परीक्षालाई कुनै भार नसम्झेर मेहनतद्वारा सफलता प्राप्त गर्न मार्गदर्शन प्रदान गरे। प्रधानमन्त्रीद्वारा लिखित पुस्तक सबै विद्यार्थीहरुलाई उपलब्ध गराउने बताउँदै राज्यपाल प्रसादले उपस्थित विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना पनि गरे। कार्यक्रममा शिक्षा विभागका सचिव सुमित्रा प्रधानको पनि उपस्थिति रहेको थियो।

यसरी नै आजको कार्यक्रममा रानीपुल ओल्ड एज होमका वृद्ध वृद्धा, चाइल्ड केयर ईन्स्टीट्यूटका बालबालिकाहरु र मोडर्न सिनियर सेकेण्डरी स्कुलका विद्यार्थीहरुलाई पनि सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *