तृणमूल युवा कङ्ग्रेसद्वारा रक्तदान शिविर

खोरीबारीः खोरीबारी रगतको संकट दूर गर्ने उद्देश्य लिएर नेताजी सुभाषचन्द्र बोसको जन्म जयन्तीको अवसरमा आज खोरीबारी ब्लक रानीगञ्ज १ नम्बर तृणमूल युवा कङ्ग्रेसद्वारा रक्तदान शिविरको आयोजना गर्यो खोरीबारी ब्लकको गोरसिंहजोतमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले रक्तदान गरे। यस अवसरमा सिलगढ़ी महंकुमा परिषद्का कर्माध्यक्ष किशोरीमोहन सिंह, खोरीबारी ब्लक तृणमूल सभापति मुकुल राय, पश्चायत समितिका सभापति रजा राम सिंह, पञ्चायत सदस्य कृष्ण राय लगायत अन्य उपस्थित थिए। किशोरीमोहन सिंहले भने, तिमी मलाई रगत देऊ. म तिमीलाई स्वाधीनतादिन्छु भन्ने नेताजीको उक्तिलाई स्मरणलाई गर्दै आज रक्तदान शिविरको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement