जलपाइगढी: विश्वद्वीप मण्डलले माध्यमिक परीक्षामा ६८५ अङ्क प्राप्त गरेर राज्यमा नवौँ स्थान ओगटेका छन्। तिनी धुपगढी बैरातीगढी हाई स्कुलका छात्र हुन्। मेधावी छात्र विश्वद्वीप मण्डल भविष्यमा विज्ञान लिएर पढाई गर्न चाहन्छन्। यसैबीच विश्वदीपलाई तिनको सफलताको लागि बधाई दिन धेरैजना मानिसहरू तिनको घरमा पुगे। स्कुलका शिक्षक तथा परिवारका सदस्यहरू साथै साथीहरू तिनको सफलतामा निक्कै खुशी छन्। यस सम्बन्धमा विश्वद्वीप मण्डलले भने, माध्यमिक परीक्षामा नवौँ स्थान हाँसिल गरेकोमा निक्कै खुशी लागिरहेको छ। म भविष्यमा विज्ञान विषय लिएर पढ्न चाहन्छु।









