भू-माफिया आबाद हुसेन पक्राउ

17-07-47-408913a1-2b71-45ef-9224-27ca020127c1-1024x576.jpg

सिलगढी: एनजेपी थाना पुलिसले सरकारी जमिन दखल गरेर बिक्री गरेको आरोपमा फुलबारीबाट भू-माफिया आबाद हुसेन (७०) लाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत १७ मईमा जमिन दखल गरेर बिक्री गरेको विषयमा फुलबारीका शिवाशीष मित्रले भू-माफिया आबाद हुसेनविरुद्ध लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज फुलबारी इलाकाबाट आबाद हुसेनलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गऱ्यो।

About Author

Advertisement