गान्तोक: वाहन दुर्घटनामा परेर सिक्किम घुम्न आएका पर्यटकहरू ३ जनाको मृत्यु भएको छ। अझै एकजना पर्यटक निखोज भएका छन्। प्राप्त जानकारीअनुसार सिक्किमको प्रमुख पर्यटनस्थलहरूको भ्रमणमा आएका पर्यटकहरू उत्तर सिक्किमको मंगनदेखि १० किलोमिटर टाढामा वाहन दुर्घटना हुँदा वाहन सोझै मेयोङ खोलामा झरेपछि वाहनमा सवार ३ जना पर्यटकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना पर्यटक निखोज भएका छन्। दुर्घटना भएको बोलेरो वाहन टिस्टा ऊर्जा प्राइभेट लिमिटेडसँग सम्बन्धित रहेको साथै घटनास्थलबाट ३ जना पर्यटकको शव उद्धार गरिएको पुलिस सूत्रमार्फत थाहा लागेको छ। उक्त दुर्घटनामा अझ एकजना व्यक्ति निखोज रहेकोले तिनको खोजी कार्य जारी रहेको बताइएको छ। उत्तर सिक्किमको मंगन पुलिस थाना, चुङथाङ पुलिस थाना लगयात नर्थ सिक्किम टुरिस्ट ड्राइभर एसोसिएसन तथा स्थानीय युवाहरूले संयुक्त रुपमा मेयोङ खोलामा निखोज व्यक्तिको खोजी अभियान जारी राखेको छ।