नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्म जयन्ती पालन


कालचिनीः नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मदिन सर्वत्र पालन भईरहेको क्रममा सोमबार जयन्ती पर्यटकीय स्थलमा त्यहाँका प्रायः २०० जना विद्यार्थीहरूले प्रभातफेरी निकाल्दै नेताजीलाई श्रद्धाञ्जली जनाएर जन्म जयन्ती पालन गरेको थियो।
यसै क्रममा नै कालचिनीस्थित तृणमूल कार्यालयमा पनि तृणमूल युवा कङ्ग्रेसको आयोजनामा नेताजीको जन्म जयन्ती पालन गरीएको थियो।
तृणमूल युवा कङ्ग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो लगायत छात्रा नेता हैदर अली अन्सारी, अञ्चल तृणमूल सभापति शंकर कुजूर, अतीश छेत्री एवम् युवा सदस्यहरुको उपस्थितिमा नेताजीको प्रतिकृतिमा धुपदीप प्रज्वलन गरिएको थियो।
यसैगरी कालचिनी थाना र बीडीओ कार्यालयमा पनि नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मदिन पालन गरीएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement